यादहरुको कारखाना भित्र रमायो गयो……

गजल


बाटो हिड्ने बटुवाले आँसु बगायो गयो
यादहरुको कारखाना भित्र रमायो गयो ।

दिनदिनै जलि रहने लासहरुको गुनासो
बिना सित्ती दिलमा तस्विर सजायो गयो ।

मित्रको काहानी पनि चरा सङ्ग मिलेछ रे
फेदम बस्यो न्याउलीलाई सम्झायो गयो ।

पाउ राख्ने ठाउँमा शिरलाई किन राख्नु ?
हात जोड्दियो थोत्रो चप्पल चढायो गयो

भुल्न गार्हो हिजो अस्ति क्या मजाले बिते
दिनहु भेट्यो चक्लेट दिएर फकायो गयो ।

कुशे गाउँपालिका ५ जाजरकोट