नेकपाले बोलायो केन्द्रीय समिति बैठक

 काठमाडौ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय शनिवारको बैठकबाट गरेको हो । नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन् । यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमा धारणा राखेका थिए । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यतालिका छ ।