नेपालगन्ज कारागारमा फेरि लफडा ,महिला कैदीबन्दीले गरे आन्दोलन
प्रकासित मिति : २०७६ पुष ४, शुक्रवार
प्रकासित समय : [nepaliTime]
नेपालगञ्ज,बाँके जिल्ला कारागारका महिला कैदीबन्दीले चौकीदारकाे बिषयलाइ लिएर आन्दोलन शुरू गरेका छन् । महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रवार आन्दोलन गरेका हुन् ।

तर प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने आफूलाई कारागारमा भइरहेको आन्दोलनबारे जानकारी नभएको बताएका छन । खडकाले भने ‘केही दिनअघि त्यहाँ खानाको विषयमा कुरा नमिलेको भन्ने खबर आएपनि आन्दोलनका विषयमा मलाई खबर गरिएको छैन ।
उनले भने । यसअघि कात्तिक १४ गते पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलरको सरुवा भएको थियो । अहिले कारागार जेलरविहीन छ ।

