सुराकी गरेको आरोपमा २ प्रहरी विप्लव नेकपाको नियन्त्रणमा

प्रहरीलाई सुराकी नगर्न चेतावनी (विज्ञप्तिसहित)

जाजरकाेट,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिइ दुई जना प्रहरीलाई छाडेको छ । सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर चेतावनी दिँदै स्थानीयको रोहबरमा छाडेको नेकपाले विज्ञप्तिमार्फत जनाएको हो ।

पार्टीको कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा प्रहरीद्वय सुराकी गर्न आएको आरोप लगाएको छ । उनीहरुलाई केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आगामीमी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।