राष्ट्रिय सभाको चुनावमा नेकपा- राजपाबीच तालमेल गर्ने सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो ।

चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।

त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।

यस्ताे छ सहमति