बिप्लव नेकपाका बर्दीया जिल्ला सदस्यले गरे आत्मसमर्पण

गुलरिया बर्दिया,नेत्रविक्रम चन्द नेकपाका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला पार्टी सदस्य रामबहादुर विकले नेकपा परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् ।

अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै नेकपा त्यागेको घोषणा गरेका हुन् ।

यही मङ्सिर १२ गते राजापुर नगरपालिका वडा नं ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो ।