सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिको कार्यालयमा बम विस्पोट, एक जना पक्राउ

सिरहा, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी बताए ।

यसअघि सिरहामा केहीदिन अगाडि धनगढीमाइ नगरपालिकामा पनि बम फेला परेको थियो।