सल्यानमा हावाहुरीले विद्यालयको छाना उडायो

पठन-पाठन प्रभावित

सल्यान, पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो।

हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको विद्यालयका शिक्षक धनबहादुर ओलीले बताए। विद्यालय मर्मत नहुँदासम्म पठन-पाठन प्रभावित हुने ओलीको भनाई छ। तत्काल भवन मर्मत नभएसम्म विद्यार्थी खुल्ला आकाशमुनि बढ्न बाध्य हुने उनको भनाई छ।