जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु

हेर्नुस बिद्यार्थी र मुख्यमन्त्री बिचको दोहोरो संवाद

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु । वलिको खुशिले त्यतिबेला सार्थकता पायो जब कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही मञ्चमा उक्लिए ।

सँधैैैैजसो भाषण गर्न नभयर मुख्यमन्त्री शाही बिद्यार्थीहरू बिच दोहोरो संबादका लागि मञ्चमा पुगे । जब मुख्यमन्त्री शाही मञ्चमा पुगे बिद्यार्थीहरूले पनि गडगडाहट तालि र सिटिले स्वागत गरे ।मुख्यमन्त्री शाहीले बिद्यार्थीलाई सोधे आज जापानी झोला पाउदै हुनुहुन्छ ? कति खुशि लागेको छ । बिद्यार्थीले खुशि लागेको संकेत गर्दै हुटिङ गरे । त्यसपछि मुख्यमन्त्रीको प्रश्न थियोे । झोलामा के राख्ने ? बिद्यार्थीले भने किताब,कापी । मुख्यमन्त्रीले भने किताब र कापिसंगै भोलिको मुख्यमन्त्री हुने सपना पनि बोक्नुपर्छ ।भेरी नगरपालिकाको समन्वय र रुपान्तरण नेपाल नामक सस्थाको आयोजनामा खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगण गुन्जायमान बन्यो । दर्शक पनि तीन छक्क परे । मुख्यमन्त्रीको भाषण सुन्न पाइएला सोचेका दर्शकले जब मुख्यमन्त्रीको बिद्यार्थीसंगको दोहोरो कुराकानी सुने सबै चकित परे ।नगरपालिका भित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षा सम्म अध्ययन गर्ने ४ हजार ४ सय ५३ विद्यार्थीहरुलाइ उक्त उपहार अर्थात झोला हस्तान्तरण गरिएको थियोे ।