कर्मचारीलाई ७ दिनभित्र शुचि पेश गर्न मुख्यमन्त्रीको निर्देशन

जाजरकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरुलाई सात दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका छन् ।

बिहीबार जाजरकोटमा प्रदेश मातहतका सरकारी कार्यालयहरुको कार्यको समिक्षा गर्दे मुख्यमन्त्री शाहीले कार्यालय जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई ७ दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले निर्देशन दिदेै भने ‘यो आर्थिक बर्ष सकिन जम्मा २१९ दिन मात्र बाँकी छ, ति बाँकि छ भनेर चुपचाप लागेर नबस्नुहोस् । यो समय भित्रै यति सम्म काम गर्छु भनेर योजना बनाउनुहोस् ।’

मुख्यमन्त्रीले शाहीले कार्यालय समयमा फेसबुक चलाएर दिन कटाउनु भन्दा केहीँ नयाँ र प्रभावकारी काम गरेर देखाउन आग्रह गरेका छन् । उनले भने राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन वा पुरस्कूत गर्नेछ भने काम नगर्ने कर्माचारी कार्बाही समेत गरिने बताए ।

कार्यालय प्रमुखहरुलाई मुख्यमन्त्री शाहीले निर्देशन दिदै भन्नुभयो ‘टुक्रे योजनालाई प्राथमिकता नदिई एकदमै महत्वपुर्ण ठुला र प्रभावकारी योजनाहरु बनाउनुहोस्, बजेट छैन् भनेर कानमा तेल हालेन नवस्नुहोस्, हामी बजेट खर्च गर्न नसकिने गरी जति पनि छ ।

हामी संग भएको बजेटलाई सही तरिकाले सदुपयोग गर्ने गरी योजना कार्यक्रम वनाउनुहोस् । जनअपेक्षाकृत र सकारात्मक कामको लागी प्रदेश सरकार हरदम तयार रहेको बताए ।