यसकारण पूर्वराजा शाह झापा जाँदै

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा जाने भएका छन्। उनी पूर्वरानी कोमल शाहसँग पूर्वी जिल्ला झापाको दमकमा जान लागेका हुन्।शाह आगामी हप्ता झापा भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह निजी भ्रमणको सिलसिलामा आगामी हप्ता झापाको दमक सवारी होइबक्सँदै छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

जाडो मौसम सुरु भएसँगै पूर्वराजा शाह पूर्वी तराई भ्रमणमा निस्किने गर्दछन्। उनी यसपटक पनि पुरानो परम्परालाई निरन्तरता दिँदै झापा जान लागेका हुन्। झापामा उनको निजी चिया बगानसमेत रहेको छ।

यसअघि उनले भैरहवालगायतका पश्चिम तराईको भ्रमणमा गरेका थिए। यसैबीच उनले पाल्पाको तान्सेनमा रहेको श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआराधना गरेका थिए।