दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गराउनको आह्वान गरेको छ ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा दल दर्ताकाका लागि अह्वान गरेको हो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुने छ ।