पचालझरनामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने भएको छ । ३ महिने साक्षरता कक्ष सञ्चालनका लागि मंगलबार गाउँपालिकाको जारकोटमा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गाउँपािलकाकाे जारकाेटमा साक्षरता कक्षा सञ्चालन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न समेत गरिएको छ । गाउँपालिकालाई पुर्ण साक्षर बनाउने उदेश्यले साक्षरता कक्षा सञ्चालन सम्बन्धी अभिमुखीकरण तालिम आयोजना गरिएकाे शिक्षा बिभाग प्रमुख अनरुप रोकायाले जानकारी दिए ।  रोकायका अनुसार गाउँपालिकालाई पुर्ण साक्षर बनाउने रणनीतिक योजना अनुरुप तालिम आयोजना गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिका समृद्धीका लागि प्रमुख कुरा शिक्षको ज्योति भएको भन्दै चेतनाको बिकास गर्न यो अभिमुखीकरण तालिम संञ्चालनमा ल्याएको बताए । उनले समृद्ध पचालझरना अभियानमा यसले महत्वपुर्ण भुमिका खेल्ने समेत दाबी गरे ।

गाउँपालिकाको जारकोटमा १ दिन चलेको अभिमुखीकरणमा गाउँपालिका बिभिन्न वडाबाट प्रतिनिधहरुको उपस्थीति रहेको थियो । तालिम लगत्तै अनौपचारिक शिक्षा हरेक वडामा तिन महिनासम्मा सञ्चालनमा हुने बताइएको छ । ३ महिनासम्मा सञ्चालन हुने साक्षरता कक्षा सार्थक हुने समेत दावी गरिएकाे छ ।