नलकटुवा पेस्तोलसहित १ भारतीय पक्राउ

सर्लाही, बिष्णु गाउँपालिका–२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।