२० लाख घुस लिँदालिँदै सडक डिभिजनका इञ्जिनियर पक्राउ

काठमाडाैँ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ पक्राउ गरेको छ।

मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनायो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।