सिमा अतिक्रमण विरुद्ध विप्लवका विद्यार्थीले गरे चितवनमा प्रदर्शन(तस्वीर सहित)

भरतपुर, प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेकपाको निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भारतले गरेको सिमाअतिक्रमणको विरुद्ध र्याली सहित बिशाल प्रदशन गरेको छ ।आईतवार भरतपुरको बिरेन्द्र क्याम्पसबाट सुरु भएको र्यालिले सहिदचोक हुदै पुलचोक सम्मको बजार परिक्रमा गरेर पुलचोलमा बिरोध सभा गरेको थियो ।

दशौ हजार विद्यार्थी सहभागी रहेको सो र्यालिमा संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल र उपाध्यक्ष रुद्र भट्टराई र केन्द्रीय सदस्य तथा तथा समेतको उपस्थिति रहेको थियो ।

केन्द्रीय नेताको उपस्थिति भएपनि सभामा भने जिल्ला स्तरिय विद्यार्थी नेताहरुले मात्रै सम्बोधन गरेका थिए ।सभाको सन्चालन सुमन श्रेष्ठले गरेका थिए भन सभालाई सम्बोधन अखिल (क्रान्तिकारी) का नेता रेम्बोर्जे लामा र सुदिप पौडैले गरेका थिए । सभाको सन्चालन भने नेेेता सुमन श्रेष्ठले गरेका थिए

बिरोध सभामा सम्बोधन गर्दै नेता सुदिप पौडेलले वर्तमान सरकार नकाबधारी कम्युनिस्ट भएको र यिनिहरु आफ्नो बिचार, राजनीति र आदर्श बाट च्युत भई बिदेशी साम्यवादीहरुको ग्रान्ड डिजाइनमा बनेको आरोप लगाए ।

पोडेलले अहिले लिपुलेक, कालापानी, लिपियाधुरा लगायत क्षेत्रमा भएको भारतिय हस्तक्षेप विरुद्ध पहलकदमी लिन नसक्नु नै यसको प्रमाण भएको बताए । उनिहरुले युवा-विद्यार्थीहरुलाई आफ्नो रास्ट्रीयता रक्षाको लागी सडकमा आउन समेत आह्वान गरे ।

राष्ट्रीय झन्डा सहित निस्केको र्यालिले रास्ट्रीयताको नाराले नारायणघाट बजार तताएको थियो।

साथै उनिहरुले सबैखाले माफियाहरुलाई होसियारी गर्दै नेकपा माथी राज्यले लगाएको प्रतिबन्ध समेत खारेज गर्न माग गरे । दशौ हजार भन्दा बढिको र्यालिमा चितवन र मकवानपुरका विद्यार्थी सहभागी भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मदन केसीले जानकरी दिए । 

फोटोहरु