आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।