हामी आफ्नै कारणले चुनाव हार्‍यौ : देउबा

नवलपुर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् ।कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।

सभापति देउवाले भने, ‘कम्युनिस्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो । हामी आफनै कारण त्यो पनि अन्तर्घातका कारण चुनाबमा हार्न पुगेका हौं ।’ अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले बताए ।

त्यस्तै सभापति देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताएका छन् ।

आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताए । देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै सरकारको आलोचना समेत गरे ।

वर्तमान् सरकार लिपुलेक र कालापानी को मुद्दामा मौन बसेको भन्दै आश्चर्य प्रकट गर्दै सरकारले चाँडो भन्दा चाँडो यो समस्याको हल खोज्नु पर्ने बताए ।

कांग्रेस सभापति देउवाले बर्तमान् सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेल भैरहेकाले संबिधानको रक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेस जिम्मेवार भएर अघि बढनु पर्ने चुनौती आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस का सभापति देउवाले कम्युनिस्टहरू चरित्रले नै अधिनायकबादी हुन्छन् र उनहिरूको अधिनायकबादलाई रोक्न काँग्रेसको आबश्यकता र एकता दुबै अपरिहार्य बनेको बताए ।