रोकिराखेको ट्र्याक्टरमा मोटरसाईकल ठोक्कियो, एकको मृत्यु

रुपन्देही, रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।

दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीको भने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।