प्रहरीमा ८ एसपीको सरुवा, हेर्नुहोस् को कहाँ पुगे (सूचीसहित)

काठमाडौं, नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसर्पीेंं) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लाही पठाइएको छ । काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।

स्याङ्जाका एसपी राजकुमार लम्साल हेर्डक्वाटर तानिएका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई स्याङ्जा पुर्याइएको छ ।

हेर्नुहोस् को कहाँ पुगे सूचीसहित