सशस्त्र प्रहरीले गर्यो पेस्तोल बरामद

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र एक म्यागजिन बरामद गरेको हो ।

इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको पेस्तोल गोली र म्यागजिन आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाइने निरकृष्ण अधिकारीले जानकारी दिए ।