खुर्पा प्रहार गरी आमा-बुवाको हत्या

बुटवल । रुपन्देहीको ओमसतियामा एक मानिसक रोगको औषधि खाइरहेका युवाले शुक्रबार दिउसो खुर्पा प्रहार गरेर आमा बुवाको हत्या गरेका छन् । साथै ती युवकले दाइलाई घाईते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका वडा नम्बर ४ सानो प्रतावपुरका २८ बर्षीय गोरख बहादुर यादवले बुवा आमाको हत्या गरेका हुन् ।

 

घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

विगत ४ वर्षदेखि मानिसक रोगको औषधि सेवन गरेका गोरखले दाउरा काट्ने खुर्पा प्रहार गरेका थिए ।

छुट्टाउन जादाँ दाई जोगेन्द्र यादवलाई पनि खुपा प्रहार गरेका थिए । उनको सामान्य उपचार भइरहेको छ । हत्या गर्ने गोखरलाई प्रहरीले नियन्त्रण लिएर थप अुनसन्धान गरिहेको जिल्ला प्रहरी प्रमुख हेम थापाले  बताए ।