कुशे गाउँपालिकाको शिक्षानीति निर्माण कार्यशाला गोष्ठि सम्पन्न

जाजरकोट, कुशे गाउँपालिकाको शिक्षानिति निर्माण सम्वन्धि कार्यशाला गोष्ठि सम्मन्न भएको छ । बुधवार जाजरकोटको सदरमुकाम खलंगामा गाउँपालिकाको शिक्षा नीति तथा रणनितिक योजना निर्माण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कुशे गाउँपालिकाको मुख्य आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडि क्षेत्र विकास अभियान जाजरकोटको सहजिकरणमा शिक्षानिति तथा रणनितिक योजना निर्माण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कुशे गाउँपालिकाका सवै सरोकारवालाको सहभागितामा शिक्षाको अवस्था सुधार गर्ने र आगामि स्थानिय सरकारले अंगाल्नुपर्ने रणनितिका वारेमा व्यापक छलफल, वहसपछी विभिन्न क्षेत्रका व्यक्ती हरुको सल्लाह सुझाव अनुसार शिक्षक, जनप्रतिनिधि, शिक्षाविद र स्थानिय शिक्षाप्रेमि सहित स्थानिय निति निर्माण समितिले शिक्षाविद डा. विद्यानाथ कोइरालाको सहजिकरणमा शिक्षा सम्वन्धि मस्यौदा निर्माण गर्न नमुना खाका तयार गरेको गाउपालिका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए ।

शिक्षा निति तथा कार्यनितिलाई अन्तिम रुप दिनका लागी गाउँपालिका अध्यक्ष हरिचन्द्र वस्नेतको संयोजकत्वमा ११ सदस्य रहेको मस्यौदा समिती गठन गरिएको छ । सो समितिले कार्यशालामा तयार गरेको खाका माथि छलफल र आवश्यक सुधार गरी अन्तिम रुप स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने निर्णय भएको अध्यक्ष वस्नेतले वताए ।

कार्यशालामा भएको छलफलवाट कुशे गाउँपालिकामा स्थानिय पाठ्यक्रमको अवश्यकता ठानिएकोले स्थानिय पाठ्यक्रमको मस्यौदा तयार गर्न विज्ञहरुको सहभागितामा गाउँपालिका अध्यक्ष हरिचन्द्र वस्नेत संयोजक रहेको १३ सदस्यीय पाठ्यक्रम निर्माण मस्यौदा समिति र पाठ्यक्रम प्रभावकारि वनाउन र समयमै कार्य सम्पन्न गर्नका लागि मान वहादुर गिरीको संयोजकत्वमा ५ सदस्य रहेको कुशे गाउँपालिकाको स्थानिय पाठ्यक्रम प्रारुप तयारी समिति गठन गरिएको कुशे गाउँपालिकाकि उपाध्यक्ष रामछाया शाहिले वताइन ।

उनले स्थानिय पाठ्यक्रमलाइ आगामि शैक्षिक वर्ष देखि कार्यान्वयनमा ल्याउने निर्णय गरिएको र कार्यशाला संचालनका वखत उठेका विषयलाइ टिप्पनि गरि खाका तयार गर्नका लागि केशव कुमार वि सि लाई खटाउने निर्णय गरिएको वताइन् । २ दिनसम्म चलेको कार्यशाला गोष्ठीमा ८८ जना विभिन्न क्षेत्रका व्यत्तिहरु सहभागि थिए ।