यसरी हुँदैछ आज १३औं सागको उद्घाटन

१५ हजारको प्रस्तुति

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज (आइतबार) दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुने भएसकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने १३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन समारोहमा खेलाडीबाहेक १५  हजारभन्दा धेरै सहभागी हुनेछन्।

उद्घाटनका लागि जसरी रंगशाला सजिएको छ त्यसैगरी काठमाडौंका विभिन्न चोक तथा पाटीहरु सिंगारिएका छन्। पहिलो र आठौं साग आयोजना गरेको काठमाडौं तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ। सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राखेपले जानकारी दिएको छ। जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन्।

१५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।

सागको उद्घाटन शर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन्।

साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने शनिबारको नियमित पत्रकार भेटघाटमा सदस्य सचिव सिलवालले बताए । सागको उद्घाटनमा आउने तथा सडकको यातायात सहज होस् भन्ने उदेश्यले सरकारले राजधानीमा आइतबार बिजोर नम्बरका सवारीसाधनको प्रयोग गर्न भनेको छ।

सागका लागि दशरथ रंगशालमा खेल हेर्न वा उद्घाटनमा आउनेले टुडिखेलमा आफ्नो सवारी पार्क गर्न पाउने राखेपले यसअघि नै जानकारी दिईसकेको छ। दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम ३ घण्टा १४ मिनेटको हुनेछ । यो साग काठमाडौंमा मात्रै उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि आयोजना हुनेछ।