किर्ते सहि र कागज गरि बेइमानि गरियो – अध्यक्ष सेजुवाल

पत्याउनु भएन ? हेर्नुस बिज्ञप्तीसहित

कालिकोट,पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जनता माबी खार्दुको बिद्ययालयको केशमा आफनो नाम र सहि किर्ते गरि बेइमानी गरिएको बताएका छन । अध्यक्ष सेजुवालले आज एक बिज्ञप्ती जारी गर्दै आफनो नाम र सहि र रकमको बिषयलाई फरक पारी किर्ते गरेको बताएका हुन ।

अध्यक्ष सेजुवालले बिज्ञप्तीमा भनेका छन । २०७५ सालमा विद्यालयको रकम तिर्न तयार भएको र विद्यालय जाने वातावरण मिलाई दिन जयलाल न्यौपानेले अनुरोध गरेपछि विद्यालय व्यावस्थापन समिति,जयलाल न्यौपाने र गाउँपालिकाको रोहवरमा बैठक बसी तत्काल आधा रकम जम्मा गर्ने र बाँकी चौमासिक रुपमा जम्मा हुने रकमको ५० प्रतिशत रकम जम्मा गदै जाने सहमति भएको हो ।

उनि भन्छन् बाँकी मुद्धा सहजीकरणका लागि जति तिरेको रकम छ त्यसको आवश्यक परे पत्राचार गर्ने सहमति भएको नै हो । तर कृर्तेगरी सम्पुर्ण रकम तिरी सकेको भनेर पत्राचार गरिएको पत्रमा अध्यक्षको रोहवरमा भनी मेरो नाम जोडिन गएकोले उत्त पत्रमा मेरो नाम नै फरक पारी लेखिएको छ ।

सेजुवालले बिज्ञप्तिमा भनेका छन । यस विषयमा अदालतबाट पत्र प्राप्त भएपछि मात्र मलाई जानकारी भएकोले त्यसको खण्डन गर्दै हाल सम्म विद्लयमा ८,५०,०००अक्षरुपी रु आठ लाख पचास हजार मात्र जम्मा भएको कुरा अदालतमा पत्राचार गरिसकिएको जानकारी कराउदै अपराध माथि थप अपराध गरेकाले हदैसम्मको कारबाही प्रकृया अगाडी बढाउन माग गर्दछु ।

उनले यस्तो गम्भिर विषयमा मलाई समग्र विषय वस्तुको जानकारी नगराई बदनाम गराउने हिसाबले समाचार बनाईएकाले त्यसको खण्डन गदैै आम संचार माध्ययम र आम समुदायहरुमा भ्रममा नर्पन अनुरोध गरेका छन ।  सेजुवालले जनता माविको विषयमा सुरुवात देखि पहल थाल्ने र यो केश नटुङ्गिएसम्म लागि पर्ने प्रतिवद्धता सहित विषय बस्तुको सत्य तथ्य गहिराईमा पुगेर समाचार बनाउन संचार माध्ययमहरुलाई अनुरोध समेत गरेका छन ।

किर्ते भनिएकाे कागज हेर्नुस

अध्यक्ष सेजुवाले नामै अशुद्भ लेखेर कागजको आशय नै तोडमोड गरेको बताएका छन । उनले खड्गराज सेजुवाल नाम हुनुपर्नेमा खडकराज बनाएको र सहि पनि किर्ते गरेको दावी गरेका छन । अध्यक्ष सेजुवालले आफनो रहोबरमा बनाएको कागजमा रकम किस्ता किस्तामा दिने सहमति भएको तर यो कागजमा बुझाई सकिएको भन्ने गराएकोले निज न्यौपानेले फेरि अर्को अपराध गरेको बताएका छन ।  अध्यक्ष सेजुवाले उक्त कागज नै किर्ते भएकाे बताएका छन । 

 

पढनुस बिज्ञप्ती सहित