जानकी गाउँपालिका वडा नं ३ को सपथग्रहण सम्पन्न

नेपालगन्ज,बाँके नेपाल कम्युनिस्ट पार्टी नेकपा जानकी गाउँपालिका वाड न ३ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँपालिका वडा नं ३ को बिहिबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संयोजक हुसेनी यदव र सह सयोजक अबाद सिद्दिकि गरि २३ जनाले सपथ ग्रहण गरेका छन । सपथग्रहण कार्यक्रममा बोल्दै प्रमुख अथिती डम्बरबहादुर बिक तुफानले कम्युनिष्टहरुले अब नयाँ ढंगले काम कारबाहीलाई बढाउनु पर्ने बताए ।

तुफानले जनताको मन जित्न हर नेता कार्यकर्ता जनताको घरआगनमा पुग्नु पर्ने समेत बताए । उनले सरकारको सार्थक कामको प्रचारप्रसार गर्न समेत कार्यकर्तालाई निर्देशन  दिए । नेकपा क ५ न प्रदेश कमिटि सद्स्य रहेका नेता तुफानले नेपालमा कम्युनिष्टहरुले मात्रै मुलककाे समृद्धको नेतृत्व गर्न सक्ने बताए ।

कार्यक्रममा जानकी गाउपलिका पार्टी अध्यक्ष पदम धिताल र सचिब नारायण गिरि र जिल्लातहका नेताहरुको समेत उपस्थीती रहेको थियो ।