किर्ते कागजको बिषयमा अध्यक्ष सेजुवाल भन्छन्,सब वकबास हो

बास्तविकता बुझन आग्रह

कालीकोट, आफुसँग जोडेर केहि संचारमाध्याममा आएको बिषयलाई लिएर पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले त्यसलाई बकवासको संज्ञा दिएका छन । आफनो नाम जोडेर अपराधी उम्काउन किर्ते कागज गराएको भनि आएको समाचारको बिषयलाई अध्यक्ष सेजुवालले बकबासको संज्ञा दिएका हुन ।

 कुसेन्युजसंगको कुराकानीमा अध्यक्ष सेजुवालले ७२ सालमा जनता माध्यमिक बिद्यालय खार्दुमा कार्यरत शिक्षक पलाता गाउँपालिका वडा नं ९ निवासि जयलाल न्यौपानेले हिनामिना गरेको भनिएको पैसा गाउँपालिका अध्यक्षको हैसियतले आफु रोहवरमा बसेको र बिद्यालय ब्यवस्थापन समितिलाई उक्त रकम किस्ता-किस्तामा तिर्ने मौखिक सहमतिका आधारमा कागज भएको कुरा सत्य भएको तर बाहिर ल्याइएकाे कागज र अध्यक्षकाे सहि किर्ते भएकाे बताए ।

केहि मिडियामा जयलाल न्यौपानेबाट पैसा खाएर अपराधीलाई बचाउन लागेको भन्ने समाचारको घोर भ्रत्सर्ना गर्दै अध्यक्ष सेजुवालले के-कति रकम खाएको हो त्यसको प्रमाण दिन समेत चुनौति दिएका छन । पुर्वाग्रही ढंगले आकलनका भरमा कसैको चरित्र हत्या गर्नु महा अपराध भएको उनको भनाई छ । उनले आफुले नै यो बिषयमा सबैभन्दा पहिले अख्तियारमा मुद्धा दायर गरेको भन्दै अपराधीलाई बचाउन लागेको भन्नु लज्जास्पद विषय भएको बताए ।

निज न्यौपानेले अनियमितता गरिएको भनिएको बिद्यालयको १७ लाख रकम किस्तामा फिर्ता गर्ने मौखीक सहमतिका आधारमा कागज गरिएको बताए । न्यौपानेले आधा जति रकम जम्मा गरीसकेको भन्ने कुरा आफुलाई जानकारी दिएको समेत बताए । तिर्नुपर्ने बाँकी रकमको बिषयमा आफुले पटक पटक न्यौपानेलाई आग्रह गरेको समेत अध्यक्ष सेजुवालले बताए ।