दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : भट्टराई

दाङ, समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले  दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने वताएका छन् ।बुधबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको अख्तियार अत्यन्तै कम्जोर प्रकृतिको भएको जिकिर गरे। यसले साना माछालाई समाते पनि ठूला माछालाई समात्न सक्दैनु, उनले भने, जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ। त्यसले प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस्।’ देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउदै भट्टराईले दुईतिहाइ बहुमतको सरकारले देखिने गरी काम गर्न नसकेको समेत बताए।

साथै अध्यक्ष भट्टराईले नेपालले कुनै पनि शक्तिहरुसँग नढल्की राष्ट्रवादको नीति लिनु पर्ने बताएका छन्। अहिले नेपालमा भारत, चीन र अमेरिकाको त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था आएको भन्दै उनले यसैलाई बेलैमा सोचेर कुनै पनि शक्तिसँग नढल्की नेपालको हितमा प्रगतिशिल राष्ट्रवादको नीति ल्याउनुपर्ने बताए।

उनले यो बिषयमा नेपालका पुराना पार्टीहरु चुकेको बताए। उनले भने, ‘कोही दक्षिणतर्फ ढल्कने, कोही उत्तर ढल्कने प्रवृत्तिले देशको परराष्टनीतिको स्थिर नहुदाँ राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्ताको बिषयमा बेला बेला प्रश्न उठ्ने गरेको छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अहिले उठेको कालापानी-सुस्ताको बिषय आजको नभई करिब ६० वर्षदेखिको समस्या भएकाले त्यसको समाधानमा सबै दलहरुले राष्ट्रिय सहमति जुटाउनु पर्ने बताए। ‘दलहरुले आफ्नो स्वार्थको लागी केहिले चर्काउने कहिले चुप लागेर बन्नाले यस्तो अवस्था आएको हो, उनले भने। त्यसैगरी उनले राष्ट्रिय सार्वभौभम सत्ता र स्वाधीनताको बिषयमा समाजवादी पार्टीले दलिय राजनीति गर्न नहुने धारणा बनाएको उनले बताए । डा. भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने दाबी गरे।

उनले देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहयक देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको सरकारले ठोस योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गरे। दुईतिहाइ प्राप्त बहुमतको सरकारले देखिने गरी नत रोजगार सृर्जना गर्न सक्यो , नत लगीन प्रर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो, उनले भने। निर्माण र व्यापारका केही क्षेत्रमा ६/७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुँदैन। त्यसैगरी उनले आफनो पार्टी नयाँ वैकल्पिक शक्तिका रुपमा उदयमान हुँदै गरेको भन्दै समुन्‍नत संघीय समाजवादसँग विचार मिल्ने पार्टी र समूहसँग एकता गरेर बृहत् ध्रुवीकरण गर्ने बताए।