नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश पराजित

महिला भलिबलमा नेपालको सुखद सुरुआत

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो।

घरेलु मैदानमा भएको खेलमा नेपाली चेलीहरुले उत्कृष्ट खेल्दै सागमा राम्रो संकेत देखाइन् । नेपाली टोलीका लागि कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन विपक्षीसामू देखाए।

जसमा नेपालले पहिलो सेटमा बंगलादेशी टोलीलाई २५-९ को स्कोरमा रोकेको थियो। दर्शकको साथ पाएको नेपालले दोस्रो सेटमा २५-९ को स्कोरमा पाहुनालाई स्तब्ध पारेको थियो।

सागको औं पचारीक उद्घाटन भने मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ।बंगलादेश र नेपालबीचको अन्तिम सेट भने केही प्रतिस्पर्धात्मक बनेको थियो।

जसमा बंगलादेश र नेपाल ९ स्कोरसम्म अगाडि पछाडि भइरहेका थिए। तर, नेपालले बंगलादेशलाई ९ मा रोक्दै नेपाल अगाडि बढेको थियो।

उद्घाटन अगाडि नै भएको खेलमा जीत निकालेको नेपालले अन्तिम तथा निर्णायक सेटमा बंगलादेशको महिला टोलीलाई २५-११ को स्कोरमा पराजित गरेको थियो।

बंगलादेशविरूद्व नेपालका उषा भणडारी र हिरा बिष्टले डेब्यु गरे । महिला टोलीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले म्याच अफिसियललाई बल हस्तान्तरण गर्दै गरेका थिए।

जीत हात पारेको नेपालले भोलि बिहीबार ५ बजे भारतीय टोलीसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा श्रीलंका र पाकिस्तान खेल्नेछन्।