यसपटक सन्दीपले साग नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१० खेले लगत्तै डाक्टरको सल्लाहमा शल्यक्रिया गरेका सन्दीप दुई साता आराममा रहनेछन् ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीले सामान्य शल्यक्रिया भएको र दुई साता आराममा रहने बताए । उनको आज तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीप नखेल्ने भएपछि नेपाली साग खेल्ने टोलीमा यू-१९ टोलीका कप्तान रोहित कुमार पौडेललाई समावेश गरिएको छ । साग १५ गतेबाट सुरू हुँदैछ ।

प्रतियोगिता पाकिस्तान र भारतले सहभागिता नजनाउने भएपछि आयोजक नेपालसहित भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशबीच मात्र प्रतिस्पर्धा हुनेछ ।