कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

काठमाडाैँ, अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् ।

मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय पालिकामा नै भूमिकर तिर्ने नीतिअनुसार आफूले वीरगन्ज महानगरपालिकामा पुगी भूमिकर तिरेको कोइरीले बताए ।

भूमिकरबापत मैले विवादित जग्गासहितको आफ्नो लालपुर्जा भएको जग्गाको १२ हजार ३३५ रुपैयाँ राज्यलाई भूमिकर बुझाए उनले भने ।यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।