हारबाट यसरी जोगियो अर्जेन्टिना मेसीले गरे गोल

एजेन्सी,उरुग्वेविरुद्धको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना अन्तिम समयमा बराबरी गर्न सफल भएको छ ।  हारनजिक पुगेको अर्जेन्टिनालाई अन्तिम समयको पेनल्टीले जोगायो। लियोनल मेसीले गोल गर्दे अर्जेन्टिनाको हार टारेका थिए।

सोमबार राति उरुग्वेसँग भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेका थिए। खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो।

पहिलो हाफमा अग्रता बनाएको उरुग्वे विरुद्ध सर्जियो अगुएरोले ६३ औ मिनेटमा बराबरी गोल गर्दे खेलमा अर्जेन्टिनालाई पर्काउन सफल भए। यद्यपी पुनः ६८ औं मिनेटमा लुईस सुआरेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए।

तर जिततर्फ उन्मुख उरुग्वे इन्जुरी समयमा समालिन नसक्दा बराबरीमा रोकियो। अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका मेसीको उत्कृष्ट प्रदर्शन रह्यो। अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो। सोमबारपनि हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेसीले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बराबरीमा ल्याए।