भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा

एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी महिलाले मागेर नै जम्मा गरेको पनि खुलेको छ ।

अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार लेबनानकी वाफा मोहम्मद अवद नाम गरेकी एक भिखारी महिलाले १० वर्षको बीचमा १० करोडभन्दा बढि रुपैयाँ जम्मा गर्न सफल भएकी थिइन् ।

एक बैंकबाट अर्को बैंकको खातामा ट्रान्सफर गर्नको लागि बैंक पुगेकी ति महिलाले १० करोडभन्दा बढि रकम जम्मा गरेको भेटिएको थियो । भिखारी महिलाको एकाउण्टमा १० करोडभन्दा बढि रकम भेटिएपछि उक्त घटना समाजिक सञ्जालमा पनि निकै भाईरल बनेको छ ।

हस्पिटलको अगाडि १० वर्षदेखि भीख माग्दै

वाफा सीदोन शहरकी ती महिलाले लेवनानकै एक प्रसिद्ध हस्पिटल अगाडि गत १० वर्षदेखि भीख माग्दै आएकी थिइन् । उनी प्रायः हस्पिटलको गेट वरपर बसेर भीख माग्ने गरेकी थिइन् । गल्फ न्यूजका अनुसार हस्पिटलका कर्मचारी र त्यस क्षेत्रका बासिन्दाले ति महिलालाई भीख माग्ने महिला भनेर चिन्दछन् ।