निदान अस्पतालका सीईओसहित पाँच जना जेल चलान

काठमाडाैँ, पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन प्रधानसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतले उनीहरुलाई मंगलबार पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । जेल चलान हुनेमा अस्पतालका डाक्टर राजेश पन्तसमेत रहेका छन् । मृर्गौला किनबेचमा संलग्न भएको आरोपमा २९ असोजमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

मिर्गौला किनेको अभियोगमा रामेछाप दोरम्बाका शंकरलाल लामा, कानुनी सहयोगी सप्तरी कञ्चनपुरका कुमुदकुमार भट्टराईसमेत जेल चलान भएका छन् । उनीहरुमाथि प्रहरीले मानव अंगको कारोबार कसुरमा मुद्दा चलाएको थियो ।