सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिपविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।