सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बसेको बुझिाएको छ । आजको बैठकबाट निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुने बताइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै सार्वजनिक कार्यक्रममा कात्तिक २५ मा पार्टी एकता टुंगोमा पुग्ने बताइसकेका छन् ।