भाइरल ‘अघोरी’ बाबा’ पक्राउ

काठमाडौं, युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो ।

‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।