कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् ।

उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता गरेकी हुन् । भट्टराई पूर्व मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

त्यसैगरी साझा पार्टीका तर्फबाट रजनी केसीले उमेदवारी दर्ता गराएकी छन् ।

स्वतन्तमा कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट र विवेकशील नेपाली जमुना शर्माले उमेदवारी दर्ता गराएका छन् ।

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।