फेरी बढयो सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ । त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो । त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो ।