अपराधमाथीको राजनितिकरण हुनु दुखद बिषयः डिएसपी शाही

काेहलपुर,बाँके, पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर कोहलपुरका डिएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन । उनलाई नेपाली काग्रेशले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ भने नेकपाले कारबाही आबश्यक नभएको ठहर गरेको छ ।

तर डिएसपी शाहीले अपराधमाथी राजनिति हुनु निक्कै दुखद बिषय भएको बताएका छन । कुसेन्युजसंगको कुराकानीमा डिएसपी शाहीले इमान्दारीमाथी अंकुश लगाउनु र राजनितिको दुरुपयोग गर्नु नेपाली सामाजका लागि पनि सोचनिय बिषय रहेको बताए । उनले भने हामीबाट काम कारबाही गर्दा कतै कमीकमजोरी भएको छ भने हामी त्यसको फल भोग्न तयार छौँ । तर अपराधमाथि राजनितिकरण कहिकतै पनि हुनु हुदैन ।

डिएसपी शाहीले मुलुककको लागि इमान्दार पुर्वक पेशाप्रति बफादार भएर काम गर्दा राजनितिक रंग दल्नु दुखद बिषय भएकाे जिकिर गरे । उनले भने यसले इमान्दार सिपाही माथी मानशिक हमला गर्छ र काम गर्न गार्हाे हुन्छ । 

म दोषी भए कारबाहीको भाग्यदार हुन्छु । हैन भने त्यसरी अपराधीहरुलाई राजनितिक रुपले संरक्षण हुने हो भने नेपालीहरुको लागि यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । छानबिन समिति बनेको भन्न सुनेको छु छानबिन समितिले इमान्दारपुर्वक छानबिन गरोस । ताकी राजनिति हाबी नहोस उनकाे भनाइ थियाे ।