छानबिनलाई प्रभावीत पारी अपराधीलाई उन्मुक्ति नदिईयोस – नेकपा बाँके

डिएसीमाथीको आरोप निराधार

नेपालगन्ज,बाँके,नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाँकेले बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गर्नु नजायज भएको बताएको छ ।  आज एक बिज्ञप्ती जारी गर्दै डिएसीपी माथीको आरोप प्रहरीमाथीकाे हस्तक्षप भएकाे बताएकाे हाे । नेकपा बाँकेले लगाइएका सबै  आरोप निराधार रहेको समेत बताएको छ  ।

बाँकेका पार्टी अध्यक्ष आइपी खरेलद्धारा जारी बिज्ञप्तीमा भनिएकाे छ । अपराधीलाई कुनैपनि हिसाबले उन्मुक्ति दिन नहुने बताएको छ । बाँकेका पार्टी अध्यक्ष खरेलद्धारा जारी बिज्ञप्तीमा  घटनालाई राजनितिक रंग दिएर जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावित पार्दै अराजक्तालाई प्रसय दिने जुनसुकै हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।

 यस्ताे थियाे त्याे दिनकाे घटना

बिहीबार साझ ८ ३० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका २० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट शाह सहित ६ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले पेस्तोल सहित पक्राउ गरेको थियो ।

रिसोर्टको वाहिर पार्किङ गरेर राखिएको बा १८ च ४२११ गाडीलाई चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको अवस्थामा मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल एक थानको साथै म्याग्जीनमा लोड गरेर राखिएको २ थान गोली समेत बरामद गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके भन्छ अडियो सार्वजनिक हुनु र सन्दिप पक्राउ पर्नु फरक

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहितको समूह खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर बिथोल्न हतियार सहित समूहमा घुमिरहेको सूचनाको आधारमा पक्राउ परेको जनाएको छ ।

शाहलाई प्रहरीले फसाएको दावी तरुण दलको जिल्ला र केन्द्रीय नेतृत्वबाट भएपछि प्रहरीले पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त रहस्यको पर्दाफास गरेको हो । सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको बताइएको छ ।

कटेजभित्र बसिरहेका सन्दिप सहितको समूहलाई कात्तिक १४ गते राति गाडी पार्किङ भएको स्थानमा ल्याएर सन्दिप आफैले गाडीको अनलक गरेको बताइएको छ । हतियार सहित तरुण दलका नगर सभापति शाह पक्राउ परेपछि कोहलपुरका डिएसपी शाहीले तरुण दलका स्थानीय नेता केशर खड्कासँग बडाभोजका लागि खसि माग गरेको र धम्की दिएको फरक–फरक अडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अडियो भिडियो सार्वजनिक हुनु र सन्दिप पक्राउ पर्नु फरक– फरक विषय भएको स्पष्ट पारेको छ । कोहलपुरका डिएसपी शाहीको अडियो र भिडियो सार्वजनिक भएको विषयमा प्रदेश ५ प्रहरी कार्यालयले बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

छानविन हुनुपर्छः काँग्रेस

नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर नेपाली काँग्रेशले प्रहरीले गलत काम गरेको भन्दै छानबिन गर्नु पर्ने बताएको छ ।   नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई तत्काल विभागीय कारवाही गर्न माग  समेत गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक भएको बताउँदै आइतबार प्रवक्ता शर्माले ट्वीटरमार्फत तत्काल विभागीय कारवाही गर्न माग गरेका हुन् । शर्माले उनलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन् ।

“धम्कीको रेकर्ड सार्वजनिक छ, कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् । प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्को तीन मन्त्र पुनः पढाइयोस्,” प्रवक्ता शर्माले ट्विटमा भनेका छन् ।

अपराधमाथीको राजनितिकरण दुखद बिषय – डिएसपी शाही

अपराधमाथीको राजनितिकरण हुनु दुखद बिषय भएको बताएका छन उनले हामीले मुलुककको लागि इमान्दार पुर्वक पेशाप्रति बफादार भएर काम गर्दा राजनितिक रंग दल्नु दुखद बिषय हो ।

यसले इमान्दार सिपाही माथी मानशिक हमला हर्छ म दोषी भए कारबाहीको भाग्यदार हुन्छु । हैन भने त्यसरी अपराधीहरुलाई राजनितिक रुपले संरक्षण हुने हो भने नेपालीहरुको लागि यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन ।