त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा

काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए । डा. कोइराला भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।

डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा. बास्कोटाको मेडिकल काउन्सिलको अध्यक्षको पदावधि केही महिना अगाडि मात्रै सकिएको थियो ।.