इंग्लिस प्रिमियर लिग फुटबल : वाट्फोर्डलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० को अवस्थामा लगेका थिए । तर खेलको ८० औं मिनेटमा वाट्फोर्डले भीएआर मार्फट पेनाल्टी पायो । सलाई सदुपयोग गर्दै जेरार्ड डेउलोफेउले टिमका लागि एक गोल फर्काए ।

जीतसँगै चेल्सीको ११ खेलबाट २३ अंक भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको सीटीको २५ अंक रहेको छ ।