निवर्तमान सभामुख महराको थुनछेक बयान सुरू

काठमाडौं, आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार कोसिस गरेको र नमान्दा कुटपिट गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बयान सुरू भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा उनको बयान सुरू भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा हिजो जिल्ला अदालतमा दर्ता भएको थियो।

समय अभावको कारणले हिजो बयान हुन सकेको थिएन। थुनछेक बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दा अघि बढाउनेकी धरौटी वा साधारण तारेखमा छोड्ने निर्णय अदालतले गर्ने छ।