तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी

‘फिङ्गर प्रिन्ट’ जाँच गर्न माग- पत्याउनु भएन हेर्नुस (बिज्ञप्ती)

काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे  ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा भनिएकाे छ । शान्तिपुर्ण रुपमा आफनो घरायसी तथा आन्तरीक छलफलमा रहेका बेला आततायी सरकारका अराजक प्रबृतिका प्रहरीले अमानबिय ढंगले गिरफरतार गरिएको छ यसप्रति हाम्रो गम्भिर ध्यान आर्कषण भएको छ ।

बाँकेको नेपालगञ्ज नगरका अध्यक्ष समेत रहेका सन्दीपजंग शाहबाट बरामद भएको भनिएको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन समेत  माग गरेको छ । 

बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।

उनले शुक्रबार विज्ञप्ति जारी गरेर प्रहरी आफैंले लगेको हतियार शाहको गाडीबाट बरामद भएको भन्दै झुठो बहाना बनाएर फसाउने र सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुःख दिने कुत्सित एवं दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई पक्राउ गरिएको पनि दाबी गरेका छन् ।

अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाही गर्नसमेत माग गरेका छन् । तरुण दलले माग बेवास्ता गरे सरकारले गमभीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । “हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौं,” अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।