सत्तारुढ नेकपा सांसद गौतमको घरमा चोरी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो ।

सांसद गौतमको फ्ल्याटमा विहीवार दिउँसो चोरी भएको प्रहरीले जनाएका छ ।

घरको ढोकामा लगाइएको ताल्चा फोडेर नगद र गरगहना चोरी भएको प्रहरीले बताएको छ ।

सांसद गौतम सिंहदरबार र उनकी पत्नी कार्यालय गएको समयमा चोरी भएको हो ।

१ लाख १५ हजार नगद सहित २ तोला ५ आना बराबरको सुनको गहना, चाँदीको थाली, दियो लगायतका सामाग्री चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।