कर्फ्युपछि कपिलवस्तुमा चल्यो गोलि, एक जनाको मृत्यु

प्रहरी भन्छ- हामिले गोलि चलाएका छैनौँ

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोलि लागी एकजनाको ज्यान गएको छ ।हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले लगाएको कर्फयू तोड्न खोज्दा शुरज पाण्डेको गोलि लागी मृत्यु भएको स्थानिय आयुश खानले वताए ।

मृत्यु हुनेमा भारतिय नागरिक शुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । उनि भारत बरौनिका स्थानिय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी दिप समशेर जमाराले बताए ।

एसपी जबराले प्रहरीले गोली नचलाएको दाबी गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘‘मृतक पाण्डेको ज्यान गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’’ प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि समेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।

कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।

स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीको प्रहारबाट ५ जना प्रहरी समेत घाइते भएका थिए ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको थियो ।

कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।