राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं,राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेका थिए । एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ ।

संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएको छ ।