तिहारलाई लक्षित गरि सुरक्षा व्यवस्थामा कडाई

रामेछाप, रामेछाप जिल्ला प्रहरी कार्यलय रामेछापले तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडार्इ गरेको छ । घटना हुनेबित्तिकै आफूहरु जतिसक्दो छिटो घटनास्थलमा पुग्ने गरेको रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराई बताए ।

जिल्लाका केहि विकट ठाउँहरुमा भने सूचना पाउन ढिलार्इ हुने र बाटोका कारण केही समय लाग्ने गरेको उनको भनार्इ छ । गएका वर्षमा भएका घटनालाई ध्यानमा राखेर यो वर्ष पनि तिहारका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जनशक्ति तयारी अवस्थामा राखिएको उनले वताए ।

चाडपर्वको समयमा पटाका पड्काउने, पसलले कालोबजारी गर्ने, जुवा खेल्ने लगायतका गतिविधि हुने भएकोले त्यस्ता गतिविधि थाहा पाउनेबित्तिकै जानकारी गराउन पनि प्रहरी कायर्ललय रामेछापले आग्रह गरेको छ ।