ओखलढुगंमा पोकली झरनाका सांस्कृति महोत्सव हुने

पर्यटन मन्त्री भट्राईद्धारा उद्घाटन गर्ने तयारी

रामेछाप, ओखलढुगंगा प्रचार–प्रसारकाको अभावले ओझेलमा परेको ओखलढुंगामा ‘पोकली झरना सांस्कृतिक महोत्सव’ हुने भएको छ ।पर्यटकिय क्षेत्र पोकली झरनाको प्रचार–प्रसारका लागि यहि कार्तिक १६ गते सांस्कृतिक महोत्सव गरिने भएको हो ।

पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन बिष्टले जानकारी दिए ।

पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक ल्याउने योजना रहेको अध्यक्ष विष्टले वताए । ‘२०२० मा कम्तिमा २० हजार विदेशी पर्यटक हामी पोकली झरना देखाउन ल्याउँछौं ।’ उनले भने ‘महोत्सव सहितका औपचारिक कार्यक्रम हुनेछन् । झरना र यहाँको अन्य विशेषता सहितको डकुमेन्ट्रि बनाएर विश्वभर प्रचार गर्ने अन्तिम तयारीमा छौं ।’

सांस्कृतिक महोत्सवमा इन्द्रेणी समाज काठमाण्डौ र जिल्लाका कलाकारहरुको प्रस्तुति रहने छ । तामाङ, सुनुवार, ब्राह्मण, शेर्पा, मगर सहितका जातजातीले आ–आफ्नो जातिय पहिचान झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन् । महोत्सवको पर्यटन मन्त्री योगेश भट्राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।